Advertisement

यस्तो देखियो कान्तिभैरव सिन्दुर जात्रा (तस्बिरहरू) – Makalu Khabar : makalukhabar.com

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर क्षेत्रमा मनाइने कान्तिभैरव जात्राअन्तर्गत सिन्दूर जात्रा सम्पन्न भएको छ । हरेक वर्ष वैशाख कृष्ण चतुर्दशीदेखि वैशाख शुक्ल तृतीया (अक्षय तृतीया)सम्म पाँच दिनसम्म यो जात्रा मनाइने परम्परा रहेको छ ।

आमाको मुख हेर्ने दिन आफ्नी आमालाई भेट्न आएका भगवान् भैरवलाई आमाको मन्दिरबाट बिदाइ गर्ने क्रममा सिन्दूर जात्रा मनाइने चलन रहेको छ । यस अवसरमा सम्बन्धित गुठियारहरूले आ–आफ्नो भागको पूजा चढाएपछि भैरवलाई विधिपूर्वक बिदाइ गरिन्छ ।

सिन्दूर जात्रासँगै नेवारी परम्परागत बाजागाजा बजाइन्छ भने सामूहिक रूपमा धिमे नाचसमेत प्रस्तुत गरिन्छ । काठमाडौंको काँठ क्षेत्रमा पर्ने गोकर्णको प्राचीन देशे गाउँमा राजा मानदेवको पालादेखि नै यो जात्रा मनाइँदै आएको विश्वास गरिन्छ, जसले यसको ऐतिहासिक र सांस्कृतिक महत्त्व झल्काउँछ ।

आमाको मन्दिरबाट बिदाइ गरिएका भैरवलाई गाउँका विभिन्न टोल परिक्रमा गराउँदै साँझ आफ्नै मन्दिर रहेको स्थान डुकुलाछी पुर्‍याइन्छ र पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ ।

तस्बिरहरू: 

kanti bhairab ..mk kanti bhairab ..mk kanti bhairab ..mk kanti bhairab ..mk kanti bhairab ..mk kanti bhairab ..mk kanti bhairab ..mk kanti bhairab ..mk kanti bhairab ..mk kanti bhairab ..mk kanti bhairab ..mk kanti bhairab ..mk

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright 2026. All right reserved. Loktantra TV News Website Design by E- MEDIA Web & App - 7999906109
error: Content is protected !!