Advertisement

शेखरको प्रचार कार्यक्रममा विभिन्न दलका नेता–कार्यकर्ता कांग्रेस प्रवेश – Makalu Khabar : makalukhabar.com

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रचार अभियानमा रहेका शेखर कोइरालाले विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन् । मोरङ क्षेत्र नं–६ का उम्मेदवारसमेत रहेका कोइरालाले आयोजित कार्यक्रममा नयाँ सदस्यलाई पार्टीमा स्वागत गरेका हुन् ।

प्रवेश गर्नेहरूमा विराटनगर–१२ निवासी उर्जाशील पार्टीका केन्द्रीय सदस्य आकाश कर्ण, नेकपा (एस)का नेता भीमबहादुर केसी, धिरज ताजपुरिया, सोहिल शेख, अनुराग विश्वकर्मा, बब्लु साह, रिहान राजा, राहुल सहनी, अर्जुन कामत, ऋतिक साह, ऋतिक पासवान, विक्की सहनी, गुणेश्वर कामत रहेका छन् ।

त्यसैगरी सुन्दरहरैंचा नगरपालिका–४ का एमालेका स्थानीय नेता माधव घिमिरे तथा सुन्दरहरैंचा–६ का राप्रपाका स्थानीय नेता डीबी बिक र राजकुमार बिकलगायतले पनि कांग्रेस प्रवेश गरेका छन् ।

नवप्रवेशीहरूले आफ्नो मौलिकता, धर्म, संस्कृति र संस्कारको संरक्षण नेपाली कांग्रेसले मात्र गर्न सक्ने विश्वास व्यक्त गर्दै डा. कोइरालालाई संसदमा पुर्‍याउन आफूहरू कांग्रेसमा आबद्ध भएको बताएका छन् ।

कार्यक्रममा नेता कोइरालाले पार्टीमा प्रवेश गर्नेहरूलाई स्वागत गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा र क्षेत्रको विकासका लागि एकजुट भएर अघि बढ्न आह्वान गरेका थिए ।

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright 2026. All right reserved. Loktantra TV News Website Design by E- MEDIA Web & App - 7999906109
error: Content is protected !!